११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

रुकुमपूर्वको आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

रुकुमपूर्वको आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव
अ अ+ अ-

रुकुमपूर्व । रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै छाडेका छन् । सुरु–सुरुमा आयुर्वेद स्वास्थ्योपचारतिर आकर्षित भएका यहाँका नागरिक पछिल्लो समय औषधि पाउन छाडेपछि उपचारबाट वञ्चित हुन पुगेका हुन् । उपचारका लागि स्वास्थ्य केन्द्रसम्म धाउनेलाई अहिले खाली हात फर्काउनुपर्ने अवस्था सिर्जना भएको केन्द्रका प्रमुख डा. गनेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले केन्द्रमा ग्यास्टिक र रुघाखोकीको मात्र औषधि उपलब्ध छ ।

हातखुट्टा तथा जोर्नी दुख्ने समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका छन् । झन यही समस्यासम्बन्धीको औषधि गएको वर्ष पुस महिनादेखि नै नभएको डा अधिकारीले बताउनुभयो । औषधि अभाव भएको लामो समयपछि अहिले खरिद प्रक्रिया अघि बढाइएको छ । डा अधिकारीका अनुसार आवश्यक पर्ने औषधिको खरिद प्रक्रिया अघि बढिसकेका कारण यही असारको अन्तिम सातासम्ममा रुकुमकोट औषधि आइपुग्ने भएको छ । साथै बिजौरीस्थित आयुर्वेद चिकित्सालयबाट पनि केही औषधि ल्याउन लागिएको छ ।

सेवा प्रवाह चलिरहेको बेलामा आयुर्वेद स्वास्थ्य केन्द्रमा हात, जोर्नी तथा नशासम्बन्धी, पायल्स, फिस्टुला, फिसरको समस्या भएका बिरामी सबैभन्दा धेरै आउने गरेका थिए। यसैगरी ग्यास्टिक, श्वासप्रस्वाससम्बन्धी समस्या, महिनावारी गडबड, छाला तथा मुखको समस्या, मधुमेह र रक्तचापका बिरामी पनि आउने गर्दछन् ।रुकुमपूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गएको जेठ २६ गतेदेखि सेवा सुरु गरेको थियो ।