काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएसँगै अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका हुन् ।सोमबार भएको चुनावमा कर्माछिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका छन् ।
नेम्बाङ निर्वाचित भएपछि सामाजिक संजाल इन्स्टाग्राममा एक स्टोरी राख्दै अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका हुन् । यद्दपी उनले उक्त स्टोरी हटाइसकेका छन् ।
एएफसी एसियन कप छनोटका लागि कुवेत पुगेका अलमुताईरी छनोटपछि कुवेतमै रहेका छन् । उनी एन्फासँग छुट्टी माग्दै तीन महिना बिदामा बसेका छन् ।
प्रशिक्षक अलमुताइरीको त्यतिबेलाका वरिष्ठ उपाध्यक्ष तथा अहिलेका निर्वाचित अध्यक्षसँग नै विवाद भएको थियो । तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूले पदबाट राजीनामा दिन लागेको बताएपनि उनले राजीनामा भने दिएनन् ।
त्यही समयमा उनले तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पाबाहेक अन्य अध्यक्षसँग काम गर्न नसक्ने बताएका थिए ।