धनुषा । नेकपा एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतो चयन भएका छन् ।
प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सनाखत गरेलगत्तै संसदीय दलको नेतामा महतोलाई चयन गरिएको हो । यद्यपि दलका उपनेता र प्रमुख सचेतक भने चयन गर्न बाँकी रहेको छ ।
यसअघि नेकपा एमालेमा रहँदा संसदीय दलका नेता उनी नै थिए ।











