२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा अन्तरिम आदेशविरुद्ध पूरक निवेदन दर्ता



अ+ अ-

काठमाडौं । सर्वोच्चमा अधिवक्ता ओमप्रकाश अर्याललले पुरक रिट निवेदन दायर गरेका छन् । 

उनले संवैधानिक परिषदसम्बन्धी केपी ओली सरकारले जारी गरेको अध्यादेश र त्यसअनुसार भएका नियुक्ति विरूद्ध परेका रिटमाथि न्यायाधीश हरि फुयाँलको इजलासले सुनुवाइ रोक्न भन्दै गरेको आदेशले पुर्‍याएको अवरोध हटाउन माग गर्दै पुरक रिट निवेदन दायर गरेका हुन् । 

अधिवक्ता अर्यालले संवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै दायर गरिएको रिटको सुनुवाइ अवरुद्ध भएको भन्दै पूरक निवेदन दर्ता गराएका हुन् । 

यसअघि न्यायाधीश हरि फुँयालको एकल इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विवाद टुंगो नलाग्दासम्म सुनुवाइ स्थगन गर्न अन्तरिम आदेश दिएको थियो । सो अन्तरिम आदेशबाट संवैधानिक इजलासमाथि हस्तक्षेप भएको उनको ठहर छ ।