काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा लागू हुन नदिने बताएका छन् ।
खुलामञ्चमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवले आफ्नो पार्टी प्रतिबन्धमा रहेका बेला नै यसबारे अध्ययन गरेको स्मरण गराउँदै एमसीसी लागू हुन नदिने बताएका हुन् ।
अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको जानकारी गराउँदै नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको उनको भनाई छ ।