• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

एन्फाको साधारणसभा सुरु- फोटो फिचर



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरु भएको छ ।

चुनावी साधारणसभाका रुपमा लिइएको उक्त साधारणसभामा एन्फामातहतका ४८ वटा जिल्ला, १४ वटा ए डिभिजन, ११ वटा बी डिभिजन, ९ वटा सी डिभिजन, रेफ्री, प्रशिक्षक र महिला संघका साथ राष्ट्रिय लिगका लागि चयन भएका चार क्लब गरी १०४ जना प्रतिनिधिको उपस्थिति रहेको छ ।

साधारणसभाको उद्घाटन सत्र सकिएपछि चुनावी प्रक्रिया सुरु हुनेछ । यसपटक एन्फाको अध्यक्षमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ उठ्नुभएको छ । दुवैले आ–आफ्नो प्यानल खडा गरी उम्मेदवारी दिनुभएको हो ।