९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशसभा नेकपा (एस)को उपनेतामा खनाल चयन, सचेतकमा सिग्देल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन भएका छन् । 

सोमबार हेटौंडामा बसेको संसदीय दलको बैठकले उपनेतामा खनाललाई चयन गरेको छ भने प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईलाई जिम्मेवारी दिएको छ । 

यस्तै बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि आवश्यक तयारी गर्ने पनि निर्णय भएको छ । यसका लागि दलका नेता पाण्डेलाई गठबन्धनमा आवद्ध दलहरू माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।

यस्तै तीन दलको सरकार निर्माण भएपछि सरकारको तर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न प्रदेशसभा सदस्यहरू माधवप्रसाद पौडेल, बसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मेवारी दिइएको छ ।