२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिरलाई आधार मानेर प्रदेश र संघीय निर्वाचनको तयारी थाल्दैछौँः माधव नेपाल



file
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिरलाई आधार मानेर प्रदेश र संघीय निर्वाचनको तयारी थालेको बताउनुभएको छ ।

आइतबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सत्ता गठबन्धनमा प्रदेश र संघीय निर्वाचन गर्न मंसिरलाई आधारमा मानिएको भन्दै अध्यक्ष नेपालले अहिलेदेखि नै उम्मेदवारी छनौट र सीट बाँडफाँड थाल्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन कसरी जोगाउने, निर्वाचनमा जुट्नुपर्ने अवस्था छ। ६ महिनाभित्र चुनाव हुन्छ। मंसिरलाई चुनावको लागि आधारमा मानेका छौं। उम्मेदवार र सीट बाँडफाँडका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्नेछ ।’

यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आइतबारमात्रै छलफल भएको उहाँको भनाई छ ।

यस्तै अध्यक्ष नेपालले एसपीपीमा कुनै शंका नगर्न आग्रह समेत गर्नुभयो ।
‘प्रधानमन्त्रीले आज पनि ुनेपालको हितमाथि कुनै पनि आघात हुने कागजमा म बाट सही हुने छैन भन्नुभएको छ ।’ उहाँले भन्नुभयो ।