२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल समुहले वडा अधिवेशनलाई मान्यता नदिने



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको वडा अधिवेशन पुनः गर्नुपर्ने माग गरेको छ । 

वरिष्ठ नेता पौडेल पक्षले सोमबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला कार्य समिति र वडाध्यक्षहरुको सहमतिविना प्रहरी प्रशासनको दूरुपयोग गरेर गराइएको वडा अधिवेशन मान्य नहुने चेतावनी दिँदै पुनः गराउन माग गरेको हो । घोर अप्रजातान्त्रिक र आपत्तिजनक ढंगले प्रहरी प्रशासन लगाएर गरिएको सो वडा अधिवेशन मान्य नहुने चेतावनी दिँदै वरिष्ठ नेता पौडेलले पुनः गर्न सभापति देउवासँग माग गर्नु भयो । उहाँले भन्नु भयो, ‘जिल्ला कार्य समिति पनि संलग्न छैन । त्यहाँको नेताहरुको पनि संलग्नता छैन । तर चुनाव भयो भनिन्छ । त्यस्तो किसिमले अहिले डडेलधुरामा जुन खेल भयो, त्यो गम्भिर अप्रजातान्त्रिक र आपत्तिजनक जुन छ  र यो काम चाँही त्यहीँबाट सुरु भएको छ । यसले नेपाली काँग्रेसको १४ औं महाधिवेशनको निष्पक्ष र पारदर्शी हुन्छ भन्ने कुरामा नै शंका उत्पन्न हुन थालेको छ । यसो भएको हुनाले हामी भन्न चाहन्छौं–त्यहाँको वडाको चुनाव सम्पन्न गरियोस् । सबै जिल्ला पार्टीको उपस्थितिमा, जिल्ला पार्टी सभापतिलगायत जिल्ला कार्य समितिको सहमतिमा, वडाध्यक्षहरुको सहमतीमा, त्यहाँको विधि, विधान र नियम अनुसारनै त्यहाँको वडा अधिवेशन गराउन जोडदार माग गर्दछौं ।’

पौडेल पक्षले विधान विपरित आफूहरु पक्षका क्रियाशील सदस्यहरु हटाउने र आफ्नो चाँही थप गर्ने प्रयास नगर्न पनि सभापति देउवालाई सचेत गराउँदै आएको छ । वरिष्ठ नेता पौडेलले महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ भन्ने कुरामा नै आशंका गराउने काम नगर्न पनि सभापति देउवालाई पटक पटक आग्रह गर्नु भयो ।