काठमाडौं । नेकपा एमालेका नेता बिष्णु रिजालले बर्तमान सरकारको शैली देखेरपरमादेश दिने भित्री-बाहिरी ‘श्रीमान्’ हरूलाई पनि त्यति मजा लागेको छैन होला भन्दै टिप्पणी गर्नुभएको छ । सामाजिक संञ्जालमा रिजालले लेख्नु भएको छ –शेरबहादुर देउवालाई प्रधानमन्त्री हुनु थियो, भइहाल्नुभयो । बॉकी कुनै हतार छैन । दुई महिनासम्म मन्त्रिपरिषद् बनाउन नसक्ने प्रधानमन्त्रीले देश बनाउँछन् भनेर कसले विश्वास गर्ला ? एकजना व्यक्ति हटाउनेबाहेक गठबन्धनबीच न एजेन्डामा सहमति छ न त कहॉ जाने भन्ने मार्गचित्र छ ।
दुई महिनामा छिमेकीसँग सम्बन्ध बिगार्ने, संविधानको धज्जी उडाउने र अध्यादेश ल्याएर अर्काको पार्टी फुटाएर आफू बलियो बन्ने षड्यन्त्रबाहेक केही उपलब्धि देखिएन । परमादेश दिने भित्री(बाहिरी ‘श्रीमान्’ हरूलाई पनि त्यति मजा लागेको छैन होला !











