२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

बेवास्तामा काठमाडौं उपत्यकाका पोखरी (फोटोफिचर)

बेवास्तामा काठमाडौं उपत्यकाका पोखरी (फोटोफिचर)
नागदह, धापाखेल ।
अ अ+ अ-

आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर हो काठमाडौं । भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन् ।

तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरी ? र कहिले ? यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ । हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानूनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ ।

शहरमा शिक्षित मानिसको बसोवास रहेपनि नैतिकता भने कै देखिन्छ । शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ । जनचेतना भएरपनि प्रयोगात्मकरुपमा कमजोर छन् शिक्षित शहरका मानिसहरु । यो हेर्न र प्रमाणित गर्न अन्त जानै पर्दैन, काठमाडौं उपत्यकामा रहेका केही पोखरीहरुको कन्तबिजोकले नै यो कुरा स्वतः प्रमाणित गर्छ । देशको संघीय राजधानी हो काठमाडौं । मल्लकालीन सभ्यता र कलाको नगरीकारुपमा परिचित काठमाडौं पहिचन बोकेको शहर हो । तर आज काठमाडौंको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरित् छ भन्दा फरक पर्दैन ।

काठमाडौं उपत्यकाको पोखरी तालतलैया र त्यहाँको दृश्य हेर्न सकिँदैन । करोडौं खर्च गरेर सिंगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ । खानेपानीको समेत हाहाकार रहेको काठमाडौंका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला तर पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरु अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ ।

पोखरीवरपर उत्तिकै झारपात उम्रेका छन् । कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहोर डंगुर देख्न सकिन्छ । राजधानीका केही पोखरीमा लुगा धुने नुहाउने मात्रै होइन पौडी पनि खेलिन्छ । यस्तैखाले क्रियाकलाप र जनसंख्याको चापका कारण पोखरीहरु दुषित भइरहेका छन् । हुनतः काठमाडौंमा पोखरीमात्रै अव्यवस्थित छैनन्, सडक, पेटी, सवारी, पसल, मानिस वा भनौँ यो सम्पूर्ण शहर नै अव्यवस्थित बनेको छ ।

राज्यपक्ष, स्थानीय निकाय यसमा पुनःनिर्माण गर्न र व्यवस्थित बनाउन गफमा नै तल्लिन छन् । ‘नजिकको तीर्थ हेला’ नेपालीमा रहेको यो प्रचलित उखान ठ्याक्कै काठमाडौंवासी र नेपाली राजनीतिक दलका नेतृत्वहरुलाई सुहाउँ, चरितार्थ हुन्छ । किनभने राजनीतिक दलका नेताहरु डाँडामा भ्यूटावर बनाउन पुग्छन् तर नजिकको सभ्यता, संस्कृति, पहिचान, कला र पर्यटकीय गन्तव्यहरुलाई बिर्सिएर अझ भनौँ आफैँमा रहेको वासनालाई कस्तुरीले खोज्दै हिँड्ने गरेझैँ त्यही बाटोमा अघि बढ्दैछन् । अझै हाम्रो सभ्यता, संस्कृति, पहिचान, कला जोगाउन नसके हामीले देशकै पहिचान जोगाउन सक्दैनौँ ।

तसर्थ पनि इतिहास बोकेका संरचना बचाउँदै, भत्केका र जीर्ण रहेका तालतलैया, पोखरीको मर्मतसम्भार गरेर आफ्नो पहिचान र शिक्षित वर्गको परिचय हामी शहरीवासीले नै दिनुपर्छ । किनभने प्राकृतिक स्थल मानिसको मात्रै हो भन्ने हुँदैन, त्यहाँ रहने भौतिक चराचर जीवजन्तुको पनि वासस्थान हो । त्यसैले अब वातावरणीय समस्याहरू कम गर्न सम्पूर्ण आम सरोकारवालाहरू पनि जागरुक हुनुपर्छ ।

प्रदुषित वातावरणले मानव स्वास्थ्य मात्र नभई सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रलाई नराम्रो असर पारिरहेको छ । मानवको समुन्नत भविष्य निर्माण पनि वातावरण संरक्षणसँग जोडिएको छ हामिले आफ्नो अधिकार आफै हनन् गर्दै आएका छौँ । त्यसैले संविधानले नै दिएको स्वच्छ वातावरणमा बाँच्न पाउने हकका लागि सम्बन्धित सबैको ध्यान केन्द्रित हुनुपर्छ ।

भौतिक सुविधा तथा सेवाको उपलब्धताले मानव बसोवासको व्यापक दबाबमा परेको शहरी क्षेत्रको व्यवस्थित शहरीकरण गर्नुपर्ने आवश्यकता नेपालजस्ता विकासोन्मुख मुलुकमा छ । साथै शहरी क्षेत्रमा नैतिकताको जनचेतना जगाउनु पर्ने देखिन्छ ।

भक्तपुरको मध्यपुर ठिमी उकालोको वालकुमारी पुखु (पोखरी)

कमल पोखरी, चापागाँउ ।

कमलपोखरी, काठमाडौं ।

खिचापोखरी, हरिसिद्दि ।

गुइत पोखरी, पाटन ।

नागदह, धापाखेल ।

बुद्ध पोखरी, ठेचो ।

भक्तपुरको भाज्या पुखु (पोखरी)

भक्तपुरको मध्यपुर गार्चामा रहेको स्वगां पुखु (पोखरी)

वालकुमारी पोखरी ।

भक्तपुरको मध्यपुर ठिमी स्वगुं पुखु (पोखरी)

सप्तपाल पोखरी लगनखेल ।

हरिसिद्धि पोखरी, हरिसिद्धि ।