२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताउनुभयो ।

“ठूला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए/नभएको थाहा छैन । म चार वर्षदेखि आफ्नो दुर्गम र हिमाली जिल्लाको सिँचाइ, सडक, खानेपानी, कारागार, विद्युत्लगायतका बारेका समस्या शून्य समयमा भन्दै आएको छु तर कुनै पनि कार्यान्वयन भएको छैन”, उहाँले भन्नुभयो, “शून्य समय सांसदले भनिराख्ने र सभामुखले सुनिराख्ने हो कि सरकार, सम्बन्धित मन्त्री र निकायले सुनेर कार्यान्वयन गर्ने हो ?”

उहाँले शून्य समयमा सांसदले बोलिराख्ने र सभामुखले सुनिराख्ने हो भने संसद्को मर्यादा नहुने बताउनुभयो । उहाँले सांसदले शून्य समयमा बोलेका कुराको रेकर्ड हेर्न लगाएर सम्बन्धित मन्त्री र निकायलाई सभामुखले कार्यान्वयनका लागि निर्देशन दिन माग गर्नुभयो ।

सांसद जीपछिरिङ लामाले समानुपातिक प्रणाली २० प्रतिशत मात्र राख्न माग गर्नुभयो । शून्य समयमा बोल्दै उहाँले समानुपातिक सांसदलाई बजेट पास गर्न कोरम पु¥याउने काम मात्र गरिएको भन्दै २० प्रतिशत समानुपातिक सांसद राख्न माग गर्नुभयो । उहाँले सबै सांसद प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनुपर्ने बताउनुभयो ।

सांसद लामाले नागरिकता विधेयक सबै राजनीतिक दलको सहमतिमा सबै नागरिकले नागरिकता पाउने गरी ल्याउनुपर्ने माग गर्नुभयो । सांसद आशाकुमारी विकले कञ्चनपुरको १३ वर्षीया बालिका बलात्कृत भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । सांसद अमृता थापाले नेपालको भूराजनीतिक विषयमा संवेदनशील हुनुपर्ने सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद इन्दुकुमारी शर्माले भारतमा नेपाली विद्यार्थीलाई विभेद गरिएको भन्दै समानता हुनुपर्नेमा सरकारको धयानाकर्षण गराउनुभयो । सांसद उमाशङ्कर अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । सांसद तुल्सीकुमारी थापाले सडक बालबालिकाको उचित स्याहारसुसारको प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कृष्णबहादुर राईले जोरपाटी–सुन्दरीजल र जोरपाटी–नारायणटार–थलीसम्मको सडक पनि अलपत्र परेकाले चाँडो बनाउन आग्रह गर्नुभयो । सांसद केदार सिग्देलले असार १ गते तनँहु भानुमार्गमा पूर्णरुपमा क्षति भएकाले कल्भर्ट निर्माण गरी सञ्चालन र बन्दीपुरमा बाघको आक्रमण बढिरहेकाले समयमा नै नियन्त्रण गर्न माग गर्नुभयो ।

सांसद खगराज अधिकारीले स्टेट पार्टनशीप प्रोग्राम (एसपीपी)को पत्रबारे छानबिन गर्न माग गर्नुभयो । सांसद खेमप्रसाद लोहनीले यही असार १ गते धादिङको नेत्रावती र गङ्गाजमुना गाउँपालिकमा बाढी पहिरोले ४४ घरपरिवारलाई विस्थापित भएकाले राहत उपलब्ध गराई सुरक्षित स्थानका बसोबासको व्यवस्था गर्नुभयो ।

सांसद गजेन्द्रवहादुर महतले जुम्लाका गत वर्ष दुईवटा गाउँ आगलागी र दुईवटा वडा बाढीले बगाएको भन्दै अहिलेका उक्त ठाउँका किसानको न घरबार न जग्गा नै रहेकाले किसान पेन्सन कार्यक्रम ती किसानमा कहिले पुग्ने भन्ने प्रश्न गर्नुभयो । सांसदहरु गणेशकुमार पहाडी र घनश्याम खतिवडाले बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमाप्रति आपत्ति जनाउनुभयो । सांसद गङ्गा चौधरीले दाङ देउखुरीको राप्ति नदीमा दैनिक मापदण्डविपरीत ढुङ्गा गिटी ओसारपसार भइरहेकाले तुरुन्तै रोक्न आग्रह गर्नुभयो ।