५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम देउवालाई माधवको सल्लाह: नशाको सुरमा हस्ताक्षर गराउला है ! (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणका क्रममा कुनै पनि कागजमा हस्ताक्षर हुनसक्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सोको ख्याल गर्न सुझाव दिनुभएको छ ।

अहिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का बारेमा तीव्र बहस भइरहेका बेला कहिलेकाहीँ थाहै नपाई त्यस्ता सम्झौतामा हस्ताक्षर गर्न सकिने भएकाले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले प्रधानमन्त्री देउवालाई ख्याल गर्न सुझाव दिनुभएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सहभागी हुनुभएका अध्यक्ष नेपालले कूटनीतिक दबावमा मात्र नभई कहिले काहीँ थाहै नदिई त्यस्ता सम्झौतामा फसाउने काम हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको जल्दोबल्दो विषय हाम्रो प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमण हो । अमेरिका भ्रमणको सन्दर्भमा उठेको प्रश्न भनेको स्टेट पार्टनरसिप प्रोग्राम हुन पुगेको छ । यसले धेरै कन्फ्यूजन पैदा गरेको छ । यसमा विभिन्न तर्क वितर्कहरु, अलगअलग विचारहरु आउँदा सत्यतथ्य के हो भन्ने बुझ्न सकिएन ।

२०७२ सालको कार्तिक महिना १० गते होला । कुन प्रधानमन्त्री, कुन रक्षामन्त्रीको पालोमा कसको पालमा यी सबै भए भनिसकेपछि यी जम्मै कुरा हामीले थाहा पाउनुपर्छ । यथार्थ के हो त्यसको जानकारी हुनुपर्छ । नेपाल अहिलेसम्म आफ्नो असंलग्न परराष्ट्रनीतिमा अविचलित रुपमा अघि बढ्न तयार छ कि छैन ? अहिलेको सरकार त्यसका निम्ति दृढताकासाथ अघि बढ्न तयार छ कि छैन ? किनभने कतिपय गतिविधिले प्रश्नहरु खडा गर्ने ठाउँ दिएको छ । कतिपय कामहरुले आशंका उब्जाएका छन् । हामीले हाम्रो देशको हीतको बारेमा बोल्ने वा गर्ने कुरामा खुट्टा कमाउनु हुँदैन ।

त्यससम्बन्धमा एउटा दस्ताबेज पनि आएको छ, त्यसको वास्तविकता के हो ? नेपाल अरुको सैन्य घेरामा प्रयोग हुन सक्दैन, जोडिन सक्दैन भनेर भन्न सक्नुपर्छ । मलाई प्रधानमन्त्रीले नेपालको हीतविपरित् सम्झौता हुनसक्दैन भन्नुभएको छ । कहिलेकाहीँ दबाबले हुँदैन, मीठो पाराले फसाइन्छ । निदाएको बेलामा, ह्विस्की ख्वाएर, फकाउने गरिन्छ, ख्याल गर्नुहोला ।’




भर्खरै