६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्हासास्थित महावाणिज्यदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु



अ+ अ-

काठमाडौं । चीनको तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आजदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको छ ।

नियोगमा विद्युतीय राहदानी आवेदन दिएको एक नेपाली नागरिकको आवेदन प्रमाणीकरण, ‘लाइभ इन्रोलमेन्ट’ र ‘भेलिडेसन’को कार्य पूरा गरी छपाइका लागि राहदानी विभाग पठाइएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा ढकालले विद्युतीय राहदानीका विशेषताका बारेमा जानकारी दिँदै सहज र सुलभ ढङ्गबाट विद्युतीय राहदानीसम्बन्धी सेवा प्रदान गर्न महावाणिज्यदूतावास कटिबद्ध रहेको बताउनुभयो ।

सो अवसरमा नियोगका सम्पूर्ण कर्मचारी तथा ल्हासामा रहेका नेपालीको उपस्थिति थियो । नियोगले प्रत्येक दिन ३० वटासम्म आवेदन लिनसक्ने व्यवस्था मिलाएको छ । राहदानी आवेदन फाराम अनलाइन भर्न नसक्ने सेवाग्राहीको आवेदन नियोगबाटै निःशुल्क भर्ने व्यवस्था मिलाइएको महावाणिज्यदूत ढकालले जानकारी दिनुभयो ।रासस