५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर तथा राजश्व दर परिवर्तनमा गद्दारी र राष्ट्रघात भएको छैन: अर्थमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर, राजश्व र भन्सार दरमा प्रक्रियाअनुसार परिवर्तन भएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले कर, राजश्व र भन्सार दर परिवर्तनमा कुनै गद्दारी र राष्ट्रघात भए त्यसको सम्पूर्ण जिम्मेबार आफू रहने बताए ।

अर्थमन्त्री शर्माले राजश्वका दर सचिव र विभागीय प्रमुखको समितिले नै निर्धारण गरेको जानकारी दिए । राजश्वको दरहरु परिवर्तन गर्न आवश्यक प्रक्रिया हुने उल्लेख गर्दै उनले सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले करको दर परिवर्तन गर्ने चलन रहेको बताए ।

सो समितिले करका दर परिवर्तनसम्बन्धी गरेको व्यवस्थाप्रति आफू पूर्ण जिम्मेबार र जवाफदेही रहेको उनको भनाइ थियो । उनले भने, “त्यसमा कतै राष्ट्रघात वा गद्दारी भएको छ भने म त्यसको पूर्ण जिम्मेवारी लिन तयार छु ।”

करका दर परिवर्तनमा कुनै राष्ट्रघात नभएको जिकिर गर्दै अर्थमन्त्री शर्माले मुलुकको डलर सञ्चिति, आयात, उत्पादन र औद्योगिक क्षेत्रलाई ध्यानमा राखेर दरहरु परिवर्तन भएको स्पष्ट गरे ।

अर्थमन्त्रीले जवाफ दिँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्थमन्त्रीको जवाफको कुनै अर्थ नभएको भन्दै सदन बहिष्कार गरेको छ ।