२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री विरुद्ध एमालेको आक्रोश, सदन बहिष्कार



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । आजको बैठकको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने पालो थियो ।

बजेट अनधिकृत व्यक्तिको हस्तक्षेपबाट बनेको तर सो सम्बन्धमा छानबिन नभएको भन्दै एमालेका सांसदहरुले संसद् बहिष्कार गरेका हुन् । एमाले सांसदहरुले यस्तो अवस्थामा अर्थमन्त्रीको जवाफ अनावश्यक भएको पनि बताए ।

बैठकमा अर्थमन्त्रीले जवाफ दिने क्रममा एमाले सांसदहरुले विरोध गरेका थिए । यद्यपि अर्थमन्त्री शर्माले एमाले सांसदहरुलाई बेवास्ता गर्दै जवाफ दिएका थिए । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीको जवाफ सकिनासाथ प्रमुख प्रतिपक्षीको विरोधलाई बेवास्ता गरेको भन्दै संसद् बहिष्कार गरिएको घोषणा गरे ।

उनका अनुसार प्रमुख प्रतिपक्षी दल विरोधका लागि उभिइसकेपछि सभामुखले सदनलाई अगाडि बढाउन दिन हुँदैनथियो । उनले भने, “यस्तो अवस्थामा अर्थमन्त्रीको जवाफ सुन्नुपर्ने कुनै कारण छैन, हामी यो सदन बहिष्कार गर्छौं ।”

भट्टराईले सदन बहिष्कारको घोषणा गरेलगत्तै एमाले सांसदहरु बैठकबाट बाहिरिएका थिए । यद्यपि सभामुखले बैठकलाई जारी राखेका छन् ।