९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वडा अध्यक्ष पनि जित्न नसक्ने भयौं भनेर प्रचण्डले ठिक भने माधवले त सदस्य पनि जित्न सक्दैनन्’: ओली



अ+ अ-

झापा । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेर माधव नेपाललाई कटाक्ष गरेका छन् । ओलीले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वसहयात्री माधव नेपालले अर्को पार्टी चलाउनका लागि नभइ एमाले कमजोर पार्नमात्र पार्टी फुटाएको आरोप लगाएका हुन् ।

पार्टी फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने उनले दाबी गरे । ओलीले भने, ‘माधव नेपालले पार्टी बनाउँदैनन्, एमाले फुटाउन खोजेको हो बनाउन होइन, फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री, नेता भए, गुटबन्दी गरे, एमालेलाई माधव नेपालले २४० मध्ये ३३ मा झारे र आफै राजीनामा गरे ।’ उनले अगाडी प्रश्न गरे , ‘राजीनामा दिएपछि चुप लागेर बस्नुपर्दैन ? प्रधानमन्त्री बनाइयो, तर सकिन भनेर हिँडे तर फेरि मैलाई चाहियो भन्छन् के हो ? के फेरि पार्टी रसातलमा पुर्‍याउन ?’

माधव नेपालमाथि खनिएका ओलीले आफूले माधव नेपाललाई प्रधानमन्त्री बनाए पनि काँध थाप्दा थाप्दै कांग्रेसले समेत सहयोग गर्दा पनि राजीनामा दिएर भागेको आरोप लगाए । पार्टी र सरकार चलाउन नसकेर भाग्ने अनि फेरि त्यही पद चाहियो भनेर पार्टीमा रडाको मच्चाउने काम नेपालले गरेको आरोप लगाउँदै भने ‘प्रचण्डले हिजो ठीक कुरा गरेछन्, हामी त वडा अध्यक्ष पनि जित्न नसक्ने भयौं भनेर । माधव नेपालले त सदस्य पनि जित्न सक्दैनन् ।’

यस्तै ओलीले जहाँ नेपाली त्यहाँ एमाले भन्दै देशमा मात्रै होइन, विदेशमा पनि एमाले, पसल, बजार, हवाई मैदान, परेड खेल्ने ठाउँ, कलेज स्कुल, विद्यालय विश्वविद्यालयमा एमाले भएको अभिव्यक्ति दिए ।