२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्रका शकुनीले हराए: केपी ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा विरोधीहरुका कारण भन्दा पनि पार्टीभित्रका शकुनीहरुका कारण केही सिट संख्या कम आएको दाबी गर्नुभएको छ ।

स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित भएका पालिका प्रमुख/अध्यक्ष तथा उपपमुख/उपाध्यक्षहरुका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका विरोधीले नभई पार्टीभित्रका शकुनीहरुले हराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीमा मिर्जाफरहरु पनि निस्किए जसका कारण केही सिट गुम्यो ।” उहाँले आफ्नै कमजोरीका कारण ८८ सिट गुमेको दाबी गर्दै पपुलरमतका आधारमा एमालेको जनमत नखस्केका दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “६४ वर्षदेखिको चुनाव हेरिरहेको छु । यस्तो पैसा, प्रशासन र प्रहरीको व्यापक दुरुपयोग कहिल्यै भएको थिएन । यस्तो अवस्थामा पनि दृढतापूर्वक विजयी भएर आउनुभएको छ ।”

पार्टीको स्कूल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ओलीले एमालेको मुल्याङ्कन जनप्रतिनिधिहरुको कामबाट हुने हुँदा जनताको मतमाथिको विश्वास टुट्न नदिन निर्देशन दिनुभयो । स्थानीय तहमा निर्वाचित भएका पालिका प्रमुख÷अध्यक्ष तथा उपपमुख÷उपाध्यक्षहरुका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्नेछ ।