२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्रका शकुनीले हराए: केपी ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा विरोधीहरुका कारण भन्दा पनि पार्टीभित्रका शकुनीहरुका कारण केही सिट संख्या कम आएको दाबी गर्नुभएको छ ।

स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित भएका पालिका प्रमुख/अध्यक्ष तथा उपपमुख/उपाध्यक्षहरुका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका विरोधीले नभई पार्टीभित्रका शकुनीहरुले हराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीमा मिर्जाफरहरु पनि निस्किए जसका कारण केही सिट गुम्यो ।” उहाँले आफ्नै कमजोरीका कारण ८८ सिट गुमेको दाबी गर्दै पपुलरमतका आधारमा एमालेको जनमत नखस्केका दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “६४ वर्षदेखिको चुनाव हेरिरहेको छु । यस्तो पैसा, प्रशासन र प्रहरीको व्यापक दुरुपयोग कहिल्यै भएको थिएन । यस्तो अवस्थामा पनि दृढतापूर्वक विजयी भएर आउनुभएको छ ।”

पार्टीको स्कूल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ओलीले एमालेको मुल्याङ्कन जनप्रतिनिधिहरुको कामबाट हुने हुँदा जनताको मतमाथिको विश्वास टुट्न नदिन निर्देशन दिनुभयो । स्थानीय तहमा निर्वाचित भएका पालिका प्रमुख÷अध्यक्ष तथा उपपमुख÷उपाध्यक्षहरुका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्नेछ ।




भर्खरै