• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ ★   आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ ★   गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता ★   जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटियो ★   हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न गृहको ३ बुँदे निर्णय ★   नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी ★   संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल ★   मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित ★   ‘नवौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले जिम्मेवारी लिनुपर्छ’ ★   गोंगबुको होटलमा महिलाको शव फेला, एक जना पक्राउ

निगुरो टिप्न बन जादाँ बाघको आक्रमणबाट बेपत्ता



फाईल फोटो

चितवन । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो ।स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ । हराइरहेका बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उहाँले जानकारी दिनुभयो ।