१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित



अ+ अ-

राँझा । बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् ।

व्यावसायिकरुपमा बेमौसमी मकैखेती हुँदै आएको डुडुवा गाउँपालिका–६ हिरमिनियाको महन्तपूर्वालगायतका क्षेत्रमा रोग तथा कीराको सङ्क्रमणले मकैमा क्षति पुगेको छ । डुडुवा–६ हिरमिनियाका किसान जियालाल यादवले मकै फल्ने बेलामा कीराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको बताउनुभयो ।

“मेहनत गरेर लगाएको बाली फल्ने बेलामा कीराले खाएको छ, यो पटक मकैमा लगाएकाले लगानी पनि नउठ्ने भयो”, बारीमा कीराले सङ्क्रमण गरेको मकैका बोट देखाउँदै किसान यादवले भन्नुभयो, “रोग लागेकाबारे गाउँपालिकाको कृषि शाखामा जानकारी गराए पनि उपचार हुन सकेको छैन ।”

यादवको करिब १४ कट्ठा जमिनमा लगाइएको बेमौसमी मकैमा रोगको सङ्क्रमण देखिएको हो । पातमा कीराले खाएर प्वाल पार्ने र विस्तारै बिरुवा सुक्दै जाने समस्या देखिएको उहाँको भनाइ छ । स्थानीय सावितराम यादवले सुरुमा लगाएको मकैबाली सप्रिए पनि पछिल्लो पटकको मकै बालीमा रोग कीराको सङ्क्रमण देखिएको बताउनुभयो ।

जिल्ला कृषि ज्ञानकेन्द्र बाँकेका सूचना अधिकारी जीवनकुमार केसीले कहिँकतै रोगको सङ्क्रमण देखिएको कृषकले गुनासो गरे पनि प्रकोपका रुपमा नरहेको उल्लेख गर्नुभयो । उहाँले स्थलगतरूपमा अनुगमन गरेर मकैमा सङ्क्रमण गरिरहको कीरा र रोगका बारेमा पहिचानका लागि स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहेको बताउनुभयो ।

बाँकेमा राप्ती सोनारी गाउँपालिकाको वैजापुर, फत्तेपुर, बिनौना, नेपालगञ्जको भवानीयापुर, बाबुगाउँ, डुडुवाको हिरमिनिया र खजुरा क्षेत्रमा किसानले बमौसमी मकैखेती गर्दै आएका छन् । बमौसमी मकैखेतीका लागि राहत तथा अनुदानको कार्यक्रम नभए पनि किसानले स्वस्फूर्तरुपमा खेती गर्दै आएको किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले जानकारी दिनुभयो । रासस