काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्ष दलको मागलाई सम्बोधन नगरी संसद बैठक चलाउनु अनुपयुक्त रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत अभिव्यक्ति दिँदै अध्यक्ष थापाले प्रमुख प्रतिपक्ष दलको मागलाई सम्बोधन एवं व्यवस्थापन नगरी जवर्जस्ति संसद बैठक चलाउन खोज्नु अनुपयुक्त र संसदीय परम्परा विपरित रहेको बताएका हुन् ।
यस्तै कांग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधान एवं व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको उनको आरोप छ ।
यसप्रकारका विकृतिको श्रृखला अन्त गर्न जनादेशबाट नयॅा विकल्प खोज्नुपर्ने उनले सुझाएका छन् ।
उनी लेख्छन्,
प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधन/व्यवस्थापन नगरी जवर्जस्ति संसद बैठक चलाउन खोज्नु अनुपयुक्त/संसदीय परम्परा विपरित छ।
कंग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधान/व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको छ।
विकृतिको श्रृखला अन्तगर्न जनादेशबाट नयॅा विकल्प खोज्नुपर्छ— Kamal Thapa (@KTnepal) September 14, 2021











