२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकहरुबाट आएका सुझावलाई बजेट नीति तथा कार्यक्रममा समेट्ने प्रयास हुनेछ: प्रमुख शाह



अ+ अ-

काठमाडौँ । टोल स्तरबाट आएका सुझावलाई समेटेर आर्थिक बर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्ने काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । राजस्व परामर्श समितिको आज आयोजना गरेको आ. व. २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख शाहले यस्तो बताउनुभएको हो ।

‘निर्वाचित हुनेवित्तिकै नीति कार्यक्रम तयार गर्नु पर्ने समय भयो । छलफल र अन्तरक्रियालाई व्यापक सकिएन । अहिले जति छलफल भयो । त्यसलाई अहिले नै समावेश गर्ने प्रयास गर्छौँ । यसपछि पुसमा अर्को नगर सभा हुन्छ । त्यसबेला छलफललाई अझ विस्तृत बनाउँछौँ ।’ प्रमुख शाहले सहभागीको कर सम्बन्धी जिज्ञासाको उत्तर दिँदै भन्नुभयो, ‘कमाइ गर्नेले कर तिर्ने हो । यसका लागि कमाइ हुने वातावरण बनाउनु पर्छ । यसका लागि उत्पादनको मार्केटिङ् र व्राण्डिङ् गर्नुपर्छ । यसमा अहिलेसम्म ध्यान गएको देखिँदैन । हामीले यस विषयमा पनि सोच बनाएका छौँ ।’

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, बजेट, नीति तथा कार्यक्रमलाई सहभागितामुलक बनाउन खोजिएको बताउनुभयो । ‘स्थानीयहरुका सानातिना समस्या पनि सम्बोधन गर्ने दिशामा ध्यान दिनेछौँ । सबैले मेरा लागि तर्जुमा गरिएको हो भन्ने कार्यक्रम बनाइनेछ ।’

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा. डा. शिवराज अधिकारीले करका दर कम गर्नु तर छुट नदिनु भन्ने सुझाव दिनुभयो । ‘करको दर धेरै बनाउँदा स्रोत बढ्छ भन्ने होइन । दर कम गर्नुपर्छ दायरा बढाउनुपर्छ ।’

कार्यक्रममा काठमाडौँ विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. पवन झा, नेपाल ल क्याम्पसका प्रमुख प्रा. डा. डिएन पराजुलीलगायतका वक्ताले योजनावद्ध कर नीति, दिगो व्यापारको अवधारणा, तथ्यको भण्डारणलगायत काम गर्न महानगरलाई सुझाव दिनुभएको थियो ।

अन्तरक्रियामा सहभागीहरुले एक ठाउँमा तिरेपछि कर तिर्न अर्को ठाउँमा जानु नपरे कम झन्झट हुने सुझाव राख्नुभएको थियो ।

अन्तरक्रियामा महानगरको कार्यापालिकाअन्तर्गत गठन भएका समितिका संयोजकहरु, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, स्थानीय राजस्व परामर्श समितिलगायत विभिन्न समितिका प्रतिनिधिहरु, उद्योग तथा वाणिज्य र घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिहरुको सहभागिता थियो ।