५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकहरुबाट आएका सुझावलाई बजेट नीति तथा कार्यक्रममा समेट्ने प्रयास हुनेछ: प्रमुख शाह



अ+ अ-

काठमाडौँ । टोल स्तरबाट आएका सुझावलाई समेटेर आर्थिक बर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्ने काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । राजस्व परामर्श समितिको आज आयोजना गरेको आ. व. २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख शाहले यस्तो बताउनुभएको हो ।

‘निर्वाचित हुनेवित्तिकै नीति कार्यक्रम तयार गर्नु पर्ने समय भयो । छलफल र अन्तरक्रियालाई व्यापक सकिएन । अहिले जति छलफल भयो । त्यसलाई अहिले नै समावेश गर्ने प्रयास गर्छौँ । यसपछि पुसमा अर्को नगर सभा हुन्छ । त्यसबेला छलफललाई अझ विस्तृत बनाउँछौँ ।’ प्रमुख शाहले सहभागीको कर सम्बन्धी जिज्ञासाको उत्तर दिँदै भन्नुभयो, ‘कमाइ गर्नेले कर तिर्ने हो । यसका लागि कमाइ हुने वातावरण बनाउनु पर्छ । यसका लागि उत्पादनको मार्केटिङ् र व्राण्डिङ् गर्नुपर्छ । यसमा अहिलेसम्म ध्यान गएको देखिँदैन । हामीले यस विषयमा पनि सोच बनाएका छौँ ।’

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले, बजेट, नीति तथा कार्यक्रमलाई सहभागितामुलक बनाउन खोजिएको बताउनुभयो । ‘स्थानीयहरुका सानातिना समस्या पनि सम्बोधन गर्ने दिशामा ध्यान दिनेछौँ । सबैले मेरा लागि तर्जुमा गरिएको हो भन्ने कार्यक्रम बनाइनेछ ।’

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा. डा. शिवराज अधिकारीले करका दर कम गर्नु तर छुट नदिनु भन्ने सुझाव दिनुभयो । ‘करको दर धेरै बनाउँदा स्रोत बढ्छ भन्ने होइन । दर कम गर्नुपर्छ दायरा बढाउनुपर्छ ।’

कार्यक्रममा काठमाडौँ विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. पवन झा, नेपाल ल क्याम्पसका प्रमुख प्रा. डा. डिएन पराजुलीलगायतका वक्ताले योजनावद्ध कर नीति, दिगो व्यापारको अवधारणा, तथ्यको भण्डारणलगायत काम गर्न महानगरलाई सुझाव दिनुभएको थियो ।

अन्तरक्रियामा सहभागीहरुले एक ठाउँमा तिरेपछि कर तिर्न अर्को ठाउँमा जानु नपरे कम झन्झट हुने सुझाव राख्नुभएको थियो ।

अन्तरक्रियामा महानगरको कार्यापालिकाअन्तर्गत गठन भएका समितिका संयोजकहरु, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, स्थानीय राजस्व परामर्श समितिलगायत विभिन्न समितिका प्रतिनिधिहरु, उद्योग तथा वाणिज्य र घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिहरुको सहभागिता थियो ।