दोहा । कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग 'स्पष्ट' सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।
यहाँका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गर्नु भएको छ। (रासस-एएफपी)