९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफैँले स्थापित गरेको अभ्यासबमोजिम चल्नुहोस् : उपनेता नेम्वाङ



file
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफैँले स्थापित गरेको अभ्यास र कानूनअनुसार चल्न सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गर्नुभएको छ ।

पार्टीका नेता कसलाई कारबाही गर्न हुन्छ र कसलाई कारबाही गर्न हुँदैन भन्ने कुरा सभामुखको अधिकार क्षेत्रभित्र नभएको जिकिर गर्दै उपनेता नेम्वाङले सभामुखले कसैप्रति भेदभाव गर्न नहुनेमा जोड दिनुभयो । नेकपा ९एमाले० ले पार्टीको ह्वीप उल्लङ्घन गर्ने १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता नेम्वाङले सभामुखलाई स्थापित अभ्यासबमोजिम चल्न आग्रह गर्नुभयो ।