२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र चुनावी सरकार गठन हुनुपर्ने राजेन्द्र लिङ्देनको प्रस्ताव



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गर्नु भएको हो । केही समयमा सो निर्वाचनको मिति घोषणा हुने भएकाले प्रजातन्त्रप्रति विश्वास छ भने, निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि विश्वास छ भने वर्तमान सरकार स्वतन्त्र चुनावी सरकार गठन गर्न सहमत हुनुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष लिङदेनले भन्नु भयो, ‘हामी आफ्नो कार्यकालको अन्तिम अधिवेशनमा छौं । यो सरकारलाई प्रजातन्त्रप्रति, स्वतन्त्रताप्रति, निष्पक्षताप्रति विश्वास छ भने अव केही समयमा आम निर्वाचनको मिति घोषणा हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट म माग गर्न चाहन्छु–निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन होस् ।’

अध्यक्ष लिङदेनले राष्ट्रियतालाई फेरी पनि संकटमा पार्ने गरी अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीसी) ल्याएको भन्दै तत्काल रोक्न पनि सरकारलाई पटकपटक सचेत गराउनु भयो ।