• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ?

गगन थापाले प्रधानमन्त्रीसँग एसपीपीबारे मागे जवाफ



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिफ प्रोग्राम (एसपीपी) बारे जवाफ मागेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा नेता थापाले प्रधानमन्त्री देउवाले संसद्मा अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारे जवाफ दिनुपर्ने बताए ।

उनले एसपीपी नेपालको संविधानसँग बाझिएको भन्दै नेपाल कुनै पनि शक्ति राष्ट्रको सामरिक स्वार्थसँग जोडिएको कार्यक्रममा सहभागी हुन नहुने बताए । सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागी हुन नपाउने उल्लेख गर्दै नेता थापाले हामीहरुले शक्ति राष्ट्रसँग मिलेर काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले संसद्मै आएर एसपीपी सम्झौता हुँदैन भनेर जवाफ दिनुपर्ने बताउनुभयो ।