• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सत्ता गठबन्धनमा हलचलपछि एसपीपी सम्झौता नगर्ने पक्षमा देउवा



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने पक्षमा पुगेको बालुवाटार समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार सत्ता गठबन्धनमै संकट आउने देखेपछि प्रधानमन्त्रीले यसपटकका लागि सो सम्झौता नगर्ने पक्षमा पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले आफ्नो अमेरिका भ्रमणमा एसपीपी सम्झौता गर्ने समाचार आएपछि व्यापक विरोध भएको थियो । अहिले पनि सो विरोध भइरहेको छ । त्यो पनि सत्तारुढ दलभित्रै धेरै विरोध भएपछि प्रधानमन्त्रीले सरकारमाथि नै दखल पर्न जाने आँकलन गरेको बुझिएको छ ।

सत्तारुढ गठबन्धनभित्रै यो रडाको मच्चिएपछि तत्कालका लागि सम्झौता नहुने संकेत बालुवाटारले गरेको समाचार स्रोतले जनायो । यो सम्झौता विगत करिब ८ वर्षदेखि नै चर्चामा रहेको छ । यसअघि मात्र एमसीसी पास गरेको सरकारका प्रधानमन्त्री देउवाले यसै विषयलाई आफ्नो अमेरिका भ्रमणको मुख्य एजेन्डा बनाउने बताइएको थियो । प्रधानमन्त्री र खासमा नेपाली कांग्रेस सो सम्झौता गर्ने तयारीमा नै छ । तर सत्ता सहयात्री वामपन्थी दलहरूबाटै चर्को विरोध भएपछि देउवा हच्केका छन् ।

अबका केही महिनामा नै नेपालमा संसदीय निर्वाचन हुन लागेको छ । यही निर्वाचनको मुखमा कांग्रेसलाई देश विरोधी भनी राष्ट्रवादी मुद्दासँग जोडेर वामपन्थी ध्रुवीकरण हुन सक्ने खतरा देखिएपछि प्रधानमन्त्रीले तत्काल सम्झौता नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यसैबीच आजै यसबारे उठेका आशंका र प्रश्नहरूमा प्रधानमन्त्रीका तर्फबाट संसद्मा मन्त्रीहरूले जवाफ पनि दिने भएका बताइएको छ । उता प्रतिनिधिसभा बैठकमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काले पनि एसपीपी हिन्द–प्रशान्त रणनीतिको हिस्सा नभएको भन्दै सम्झौता हुन सक्ने संकेत गरेका थिए । मन्त्री खड्काको यो जवाफपछि पनि उक्त सम्झौताको झन् विरोध भएको छ ।

यो सम्झौता गर्ने भए सत्ताबाट बाहिरिने चेतावनी अरु राजनीतिक दलले दिएका छन् । माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुले त यसको विरोध सार्वजनिक रुपमै गरेका छन् ।

यो पनि पढ्नुहोसनेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी असत्य: अमेरिकी दुतावास