५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण तेस्रो मजदुर मृत्यु प्रकरण: परिवारले शव बुझ्न मानेन



file photo
अ+ अ-

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए । उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन् । कैलालीबाट उनकी श्रीमती कमला सङ्खुवासभा आइपुगेकी छिन् । महतराको शव जिल्ला अस्पतालमा राखिएको छ । “घट्नाको सत्यतथ्य छानविन हुनुपर्छ”, कमलाले भनिन् ।

महतरा गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्न सङ्खुवासभा आएका थिए । अरुण तेस्रोले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने महतरा परिवारको माग छ । उनकी श्रीमतीले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा घटनाको छानविनका लागि माग गरेकी छिन् । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज कोइरालाले जानकारी दिनुभयो । अरुण तेस्रोमा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदुर कार्यरत छन् । रासस