२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २००० बिन्दु भन्दा तल, १८ महिना यताकै न्यून बिन्दुमा



अ+ अ-

काठमाडौं । पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २००० बिन्दुभन्दा तल झरेको छ ।

नेप्से परिसूचक मंगलवार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको थियो । त्यसपश्चात् गत असारदेखि फराकिलो अंकले नेप्से सूचक र कारोबार रकमसमेत बढ्दै गएको थियो । गत साउन अन्तिमसम्म बजार बढेर ३२ सय अंकमाथि पुगेको थियो । तर चालु आर्थिक वर्ष लागेसँगै निरन्तरुप गिरावट हुँदै आएको नेप्से मंगलवार ३६.०८ अंक घटेर १९९६.२५ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २३२ कम्पनीको ४१ लाख ४७ हजार कित्ता शेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से ओरालो लागेपनि मंगलवार कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको कारोबार भएको थियो । कारोबारमा आएका कम्पनीमध्ये १९० कम्पनीको शेयरमूल्य घटेको छ भने पाँच कम्पनीको शेयरमूल्य बढेको छ ।

मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्तको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा कारोबारमा आएको आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ८.१८ प्रतिशत बढेको छ । त्यस्तै,माउण्टेन हाइड्रोको करिव ४ प्रतिशत बढेको छ । तर यता हिमालयन पावर पार्टनर कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बलेफी हाइड्रोपावरको शेयरमूल्य ८.१५ प्रतिशत घटेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्स र गणपति लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ४ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स, नेपाल लाइफ र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।