• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

अमेरिकी कमाण्डर फ्लिन भन्छन्: नेपाल भ्रमण सानदार रह्‍यो



usarmy

काठमाडौं । अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डर जनरल चार्ल्स ए फ्लिनले यस हप्ताको उत्कृष्ट नेपाल भ्रमणका लागि नेपाली सेनालाई धन्यवाद दिएका छन् । उनले मंगलबार ट्विट गर्दै नेपाल भ्रमणका लागि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माप्रति कृतज्ञता प्रकट गरेका छन् ।

नेपाल भ्रमणबाट फर्केर उनले दुवै मुलुकबीचको दशकौँ लामो रक्षा साझेदारीको सम्मान गर्ने बताउँदै सहयोगका लागि भविष्यका अवसरहरुका लागि प्रतीक्षारत भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “म नेपाली सेनाका प्रधानसेनापति जनरल शर्मालाई यस हप्ताको उत्कृष्ट नेपाल भ्रमणका लागि धन्यवाद दिन चाहन्छु। हामी हाम्रो दशकौँ लामो रक्षा साझेदारीको सम्मान गर्छौं र सहयोगका लागि भविष्यका अवसरहरूका लागि प्रतीक्षारत छौँ ।”

अमेरिकी सेनाका वरिष्ठ अधिकारी फ्लिन यही जेठ २६ गतेदेखि जेठ २९ गतेसम्म नेपालको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासँग भेट गरेका थिए ।

भेटका अवसरमा उनले नेपाली सेनासँगको सहकार्य अझ सुदृढ गर्न चाहेको बताएका थिए। प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्मासँगको भेटमा उनले अमेरिकी सेनाले अघि बढाएको रणनीतिक महत्वको स्टेट पार्टनरसीप कार्यक्रम ९एसपीपी० मा हस्ताक्षरका लागि पुनः आग्रह गरेका थिए।

अमेरिकी सेनाले सन् २०१५ सेप्टेम्बरमा पहिलोपटक उक्त कार्यक्रममा नेपाली सेनालाई सामेल गराउन एक समझदारीपत्रमा हस्ताक्षरका लागि प्रस्ताव गरेको थियो।

सो प्रस्तावप्रति भेटका अवसरमा प्रधानमन्त्री देउवाले आफू सकारात्मक रहेको बताए पनि प्रधानसेनापति शर्माले एसपीपीप्रति आफ्नो रिजर्भेसन रहेको बताएका थिए ।