५ श्रावण २०८३, मंगलवार
,
Latest
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षको प्रश्न: अर्थमन्त्री कुन नैतिकताले पदमा बस्नु भएको छ ?



अ+ अ-

काठमाडौं ।नेकपा(एमाले)का सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भिर प्रश्न उठेको भन्दै उहाँको राजीनामा माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताउनुभयो ।

उहाँले गोपनियताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भिर अपराध भएको भन्दै अर्थमन्त्री शर्मा माथि छानविन हुनुपर्ने बताउनुभयो । सांसद पाण्डेले यस विषयमा संसदले पनि कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘यति गम्भिर प्रश्न उठेपछि नैतिक रुपले अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहिन्छ । म प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउन चाहान्छु, यति गम्भिर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेही लिनु पर्छ कि पर्दैन ? यो केवल अर्थमन्त्रीको मात्रै विषय हो कि के हो ? यसको जानकारी संसदलाई चाहिन्छ ।

नेकपा(एमाले)को तर्फबाट यो कुरालाई हामी गम्भिरतापूर्वक उठाएका छौँ । यसले देशमा खासगरी करको विषय ज्यादै गोपनीय विषय हो र राष्ट्रिय सुरक्षा जस्तै विषय हो । यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने र गोपनीयताहरुमा अझ साँठगाँठ र मिलेमतो गर्नेजस्ता कुराहरु गम्भिर अपराध मानिन्छन् । त्यसबारेमा छानविन हुनुपर्दछ । र संसदले यसबारेमा कदम चाल्नुपर्दछ । यसको जवाफ हामी चाहान्छौँ । मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्दछ । हाम्रो दलको तर्फबाट पनि हामी त्यो कुरा भन्न चाहान्छौँ ।’

सांसद पाण्डेले यस प्रकरणको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराउनुभयो । उहाँले यस विषयमा प्रधानमन्त्री देउवाले जवाफदेहिता लिनुपर्ने भन्दै संसदलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।