२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद चौधरीको आरोप– कृषिमन्त्रीका कारण सरकार र कांग्रेसको बेइज्जत भयो



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले कृषिमन्त्रीका कारण सरकार र नेपाली कांग्रेको बेइज्जत भएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले किसानहरुले मल नपाएर छटपटाइरहेको बेला कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव भारत भ्रमणमा निस्किएको बताइन् । यसबाट सरकार र नेपाली कांग्रेसको बेइज्जती भएको उनको भनाइ थियो ।

संसद्मा नेकपा (एमाले) ले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले सत्तारुढ गठबन्धनले राम्रो मान्छेलाई मन्त्री नबनाएको जिकिर गरिन् ।

हिजो प्रधानमन्त्रीले चाहेर पनि एक्लै काम गर्न नसकेको बताउनुभएको स्मरण गराउँदै उनले यस्ता काम गर्न नसक्ने मन्त्रीका कारण प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापतिले काम गर्न नसक्नुभएको बताइन् । उनले भनिन्, “बेइज्जत त हाम्रै कांग्रेसको हुन्छ नि, नेतृत्व हाम्रो छ ।”