५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परिक्षार्थी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-७ ईत्रामस्थित श्री कृष्ण माविमा सञ्चालित प्रहरी जवान (प्राविधिक) तर्फको परीक्षामा नक्कली परिक्षार्थी बनि परीक्षा दिँदै गरेको अवस्थामा जुम्ला कनका सुन्दरी गाउँपालिका-८ बस्ने २३ वर्षीय लक्ष्मी प्रसाद सन्ज्याललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

आफ्नै भाइ २० वर्षीय अग्नि प्रसाद सन्ज्यालको नाममा परीक्षा दिदै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।