२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ सय रुपैयाँले घट्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । आज साताको दोस्रो दिन (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, यसअघि प्रतितोला ९८ हजार ७ सय रुपैयाँ रहेको तेजाबी सुन आज घटेर ९८ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १२ सय ६५ रुपैयाँ पुगेको हो ।