५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ सय रुपैयाँले घट्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । आज साताको दोस्रो दिन (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, यसअघि प्रतितोला ९८ हजार ७ सय रुपैयाँ रहेको तेजाबी सुन आज घटेर ९८ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १२ सय ६५ रुपैयाँ पुगेको हो ।