२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा मलको बारेमा छलफल गर्न भन्दै एमालेको स्थगन प्रस्ताव



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले संसद्‌मा स्थगनको प्रस्तावको सूचना दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग गर्दे प्रस्ताब गर्दा गराउनु भएको हो ।

प्रतिनिधिसभा नियमावली २०७५को नियम७८ बमोजिक जरुरी सार्वजनिक महत्वको बिषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस भन्दै स्थगनको सूचना दिएको हो ।

धान खेती शुरुवात हुने समय गुज्रीन लागेको , किसानहरु मलको लागि भोतारिदै. हिड्नु परेको अबस्थमा पनि सरकार केही नभएको जस्तो ढुक्क संग बसेको भन्दै एमालले स्थगनको प्रस्ताब दर्ता गराएको हो ।

स्थगन प्रस्ताव स्वीकृत भए संसद्‌मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् हुने छ ।