१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने भएको हो ।

बैठकमा गत वैशाख मसान्तमा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यस्तै, गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षणका विषयमा पनि छलफल हुने बताइएको छ ।

आइतबार एमालेको केन्द्रीय कार्यालय (महासचिवको अध्यक्षतामा उपमहासचिव र सचिवहरू सदस्य रहने) को बैठक च्यासलमा बसेको थियो । उक्त बैठकले आजको सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गरेको थियो ।