२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा पकड जमाउन सक्दैन’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडलले माधव नेपालको नवगठित पार्टी एकीकृत समाजवादीले आगामी निर्वाचनमा एक सिट पनि नजित्ने बताएका छन् । 

बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेल माधव नेपालप्रति आक्रामकरूपमा प्रस्तुत हुँदै सो पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिएका हुन् । 

यस्तै नेकपा एसमा लागेकाहरूलाई माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन पौडेलको सुझाव छ ।

नेता पौडेलले दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्ने सरकारले अरु केही गर्न नसक्ने दावी समेत गरे । उनले एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड, माधव र कांग्रेसमा नरहेको भन्दै उनले सबै मिलेर बनेको गठबन्धनलाई परास्त गरिने र माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने बताए । 

रुपन्देहीमा पार्टी विभाजनको पक्षमा कोही पनि नरहेको दावी गर्दै पौडेलले छिट्टै मुलुक चुनावमा जान लागेको र एमाले आफ्नो हैसियतसहित सत्तामा आउने बताए ।