२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा पकड जमाउन सक्दैन’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडलले माधव नेपालको नवगठित पार्टी एकीकृत समाजवादीले आगामी निर्वाचनमा एक सिट पनि नजित्ने बताएका छन् । 

बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेल माधव नेपालप्रति आक्रामकरूपमा प्रस्तुत हुँदै सो पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिएका हुन् । 

यस्तै नेकपा एसमा लागेकाहरूलाई माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन पौडेलको सुझाव छ ।

नेता पौडेलले दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्ने सरकारले अरु केही गर्न नसक्ने दावी समेत गरे । उनले एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड, माधव र कांग्रेसमा नरहेको भन्दै उनले सबै मिलेर बनेको गठबन्धनलाई परास्त गरिने र माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने बताए । 

रुपन्देहीमा पार्टी विभाजनको पक्षमा कोही पनि नरहेको दावी गर्दै पौडेलले छिट्टै मुलुक चुनावमा जान लागेको र एमाले आफ्नो हैसियतसहित सत्तामा आउने बताए ।