२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले सरकारलाई प्रकोप निराकरण र व्यवस्थित पुननिर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले कास्की क्षेत्र नं. २ का विभिन्न स्थानहरु भुक्षय र पहिरोको जोखिममा रहेकाले ति क्षेत्रको संरक्षण गर्ने योजना ल्याउन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘प्रकोप निराकरण र व्यवस्थित पुनर्निमाणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछु । भुक्षय र पहिरोबाट कास्की क्षेत्र नं. २ अन्र्तगत दोबिला, दम्सादी, छोरेपाटन, भलाङ, अर्मला क्षेत्रहरु अत्यन्तै जोखिममा छन् । यि क्षेत्रहरुको तत्काल संरक्षण र दिगो विकासका कार्यक्रम र योजना ल्याउन सरकारसँग जोडदार माग गर्दछु ।’

प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले बालश्रम उन्मुलन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले उद्योगहरुलाई बालबालिकालाई श्रममा नलगाई अन्तर्राष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय कानून कार्यान्वयमा सहयोग पु¥याउन अनुरोध गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले विद्यार्थीहरुलाई तत्काल पाठ्यपुस्तक दिलाउन शिक्षामन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले किसानहरुलाई मल र बिउ सहज रुपमा दिलाउन पनि सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य बिनादेवी बुढाथोकीले रासायनिक मलको अभावले किसानहरु चिन्तित हुनुपरेको बताउनुभयो । उहाँले तराईका किसानले भारतबाट मल किनेर ल्याउँदा सिमाना दुख पाएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य लालप्रसाद सावा लिम्बुले नागरिकता विधेयकलाई तत्काल संसदबाट पारित गरी जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेतले सडक दुर्घटनाहरुलाई न्युनीकरण गर्न सडकको मापदण्डलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले सबै सडकहरुको स्तरोन्नतिलाई प्राथमिकता राख्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘वर्षेनी हुने दुर्घटनाहरुलाई न्युन गर्न संघ, प्रदेश र स्थानीय तहबाट निर्माण गरिने सडकको मापदण्डको प्रभावकारी कार्यान्वयन र हरेक वडाको केन्द्र सम्ममा सबै मौसममा यातायात सुचारु हुनसक्ने गरी सडकहरुको स्तरोन्नतिलाई प्राथमिकतामा राख्न म विशेष आग्रह गर्दछु । साथै मनसुन सुरु हुदैछ । विपतको रोकथाम, उद्धार र पुर्नस्थापनाको लागि पूर्वतयारीको कामहरु के कस्तो भइरहेको छ यस बारेमा आवश्यक सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गर्दछु ।’

प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले सरकारले सिन्धुपाल्चोक जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर ६ अर्बभन्दा बढी रकम विश्व बैंकबाट प्राप्त गरेको भएपनि सिन्धुपाल्चोकमा खर्च नगरेको बताउनुभयो । उहाँले सो रकम सिन्धुपाल्चोकमै खर्च गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल सरकारले सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्ला घोषणा ग¥यो । सबै संकटग्रस्त जिल्ला घोषणा गर्दा विश्व बैंकबाट करिब साढे ६ अर्ब भन्दा बढी पैसा प्राप्त गरेको देखिन्छ । तर त्यो क्षेत्रमा अहिलेसम्म कुनै काम गरिएको छैन । अहिलेपनि ३ वटा पालिकामा कनेक्टिभिटी नै टुटीसकेको छ । यो रकम अन्तै तलव, भत्तामा खर्च ग¥यो कि ? जिल्लाका नाममा आएको पैसा त्यही खर्च गरियोस् ।’

प्रतिनिधि सभा सदस्य डा. सुर्यप्रसाद पाठकले दलितहरुको शैक्षिक प्रमाणपत्र र नागरिकताको थरमा एकरुपता ल्याइदिन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले कामी, दमाई, सार्कीले आफ्नो थर राखि नागरिकता लिन पाउने व्यवस्था अविलम्ब गरिदिनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।