• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

अमेरिकी सेनाका उच्च अधिकारी सैनिक मुख्यालयमा , द्विपक्षीय भेटवार्ता



काठमाडौँ । अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चार्ल्स ए फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटका क्रममा द्विपक्षिय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

फ्लिनको सम्मानमा जङ्गी अड्‍डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्नुका साथै नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरण समेत गरिएको थियो ।

उच्चपदस्थ अधिकारीहरुबाट विगतमा भएका सदभावना भ्रमणको निरन्तरता स्वरुप रहेको यस ४ (चार) दिने औपचारिक भ्रमणको क्रममा जनरल चार्ल्स ए फ्लिन तथा भ्रमणदलका सदस्यहरुले हिमाल दृश्यावलोकनका लागि माउण्टेन फ्लाईटमा सहभागी हुनु भएको थियो ।

उहाँहरुले जेठ २९ गते पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

अमेरिकी सैन्य टोली आईतबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सदभाव बढाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।