• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

एकीकृत समाजवादी पार्टी राष्ट्रव्यापी बन्न सफल भयो: नेता खनाल



file

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभएको छ ।

हालै भएको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका–१५ मा विजयी उम्मेदवारलाई बधाइ तथा स्थानीयवासीलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले विद्रोहबाट गठन गरेको पार्टीले जनतालाई विश्वस्त पार्दै प्राप्त गरेको सफलताले अहिले पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले आगामी दिनमा देशभर सङ्गठनलाई विस्तार र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचनमा गठबन्धनले टिकट बाँडफाँटमा न्यायोचित मूल्याङ्कन गर्न नसक्दा आफ्नो दललाई सम्मान गर्न नसकेको र त्यसका कारण पार्टीलाई धेरै फाइदा नभएको विचार व्यक्त गर्नुभयो ।

नेता खनालले काठमाडौँ–१५ मा जस्तै देशभर एक्लै निर्वाचन लडेको भए पार्टीले अझै राम्रो परिणाम हासिल गर्न सक्ने बताउनुभयो । कार्यक्रममा पार्टीका सचिव जीवनराम श्रेष्ठले आगामी दिनमा जनप्रतिनिधिले जनताको भावनाअनुसार स्थानीय पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्दै घोषणापत्रका विषयलाई कार्यान्वयन गराउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । उक्त वडामा सो पार्टीको समूह नै विजयी भएको थियो ।