३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भासिएको सडक एकतर्फीमात्रै सञ्चालन



अ+ अ-

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो ।

उक्त खण्डमा एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रातिको समयमा जोखिम हुने भएकाले शुक्रबार राति ७ बजेदेखि आज बिहान ६ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।

“साना तथा ठूला सबै गाडी चलेका छन्, काम हुँदै गर्दा केही समय रोकेर सवारी पठाउने गरिएकाले केही समय जाम हुने गरेको छ”, उनले भने । सवारीसाधनको चाप रहेको र एकतर्फी सवारी सञ्चालन हुँदा पृथ्वीराजमार्गको आँबुखैरेनी–डुम्रे खण्डमा सवारीको जाम हुने गरेको छ ।

केही दिनदेखि परेको निरन्तर वर्षाका कारण पृथ्वीराजमार्गको तनहुँ खण्डका विभिन्न ठाउँमा सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा सर्वसाधारणले कष्टकर यात्रा गर्नुपरेको छ । मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा सडक खन्दा विभिन्न ठाउँमा सडक हिलाम्मे भएपछि सवारी फस्ने गरेका छन् । तनहुँ खण्डका आँबुखैरेनी, डुम्रे, छिर्कने, घाँसीकुवा, म्याग्दे, दुलेगौडालगायतका ठाउँमा सडक बिग्रिएर खाल्डाखुल्डी हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या हुने गरेको छ ।

बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बस र व्यास नगरपालिका–१२ मा आज दिउँसो ट्रक फसेका कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो ।