• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै, मुम्बईलाई जित्नैपर्ने दबाब ★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

स्टार म्युजिक अवार्ड २०७९ प्रदान



काठमाडौं । स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गायक राजु परियार, गायिका टिका पुन, गायिका लक्ष्मी न्यौपाने, बालकलाकार सान्वी खतिवडा लगायतका कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो ।

कार्यक्रममा पूर्व खानेपानी मन्त्री बिना मगर, कलाकार पल्पसा डंगोल, कलाकार किरण केसी लगायतले अवार्ड वितरण गर्नुभएको थियो । नेपाली गीत, संगीतको विकास र श्रष्टाको सम्मानका लागि ग्रेट नटराज फिल्मस प्रा.लि. को आयोजनामा पहिलो स्टार म्युजिक भिडियो अवार्ड २०२२ आयोजना गरिएको हो ।

यो अवार्ड आधुनिक, पप, लोकदोहोरी, लोक, भाषाभाषी, राष्ट्रिय गीत जस्ता विभिन्न विधामा प्रदान गरिएको छ । जसमा गायक, गायिका, संगीतकार, निर्देशक, गीतकार, छायाँकर, संगीत सम्पादकहरुलाई सम्मान गरिएको छ । यो अवार्ड पाउने बाल कलाकारमा जेनिसा अधिकारी, आयुष ढकाल, जेभिन श्रेष्ठ, आराध्य राज्यलक्ष्मी, र सान्वी खतिवडा छन् ।

आधुनिकतर्फ सागर लम्साल, हरिष निरौला, रोहन नेपाली, सुधिर श्रेष्ठ, रमेशचन्द्र सोडारीले अवार्ड पाएका छन् । त्यस्तै आधुनिक गीतमा रवि ओड, भीम बिसी, सम्राट चौलागाईं, प्रताप दास, सेर्केनीले अवार्ड पाएका छन् ।

त्यस्तै आधुनिक गीततर्फ महिलामा सिर्जु अधिकारी, रचना रिमाल, रानी शाक्य, एलिना चौहान, अस्मिता अधिकारीले अवार्ड पाएका छन् । त्यस्तै लोक दोहोरी डान्समा शंकर बिसी, प्रेम थापा, ओबी रायमाझी, सञ्जिव ठकुरी लोमश शर्माले अवार्ड पाएका छन् भने लोक दोहोरीतर्फ महिलामा अञ्जली अधिकारी, करिष्मा ढकाल, आरुषी मगर, गीता ढुंगाना र रुबीना अधिकारीले अवार्ड पाएका छन् ।