२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्याण्डफिल साइटमा निर्वाध फोहोर व्यवस्थापन: आज १५३ ट्रक फोहोर खसालियो



अ+ अ-

काठमाडौँ । आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा निर्वाध फोहोरको अन्तिम विसर्जन भएको छ । हिजो (बिहीबार) बेलुका ७ बजेदेखि आज (शुक्रबार) बिहान १ बजेसम्म महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग प्रभावित क्षेत्रका वडाध्यक्षहरुसँग भएको सहमति अनुसार आजैबाट फोहोर ढुवानी र अन्तिम व्यवस्थापन कार्य भएको हो ।

आज १५३ ट्रक फोहोर व्यवस्थापन भयो । साइटका इन्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठ भन्नुहुन्छ, ‘आज सौहाद्र वातावरणमा फोहोर व्यवस्थापन भएको छ । स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट भएन । भोलिदेखि तालिकाबद्ध र पूर्ववत् काम गर्ने वातावरण बनेको छ ।’