• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   ४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर ★   खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी ★   सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ ★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला ★   दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि… ★   रायोको साग बेचेर लाख आम्दानी ★   कैलालीका थारु समुुदायमा भजहरको रौनक ★   ‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो ★   काठमाडौँको वायु अझै अस्वस्थ ★   जापानी विदेशमन्त्री खामिखावा नेपालमा

पृथ्वीराजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द



दमौली । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ । आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।

बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ । डेढ/दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् । “ रातिको समयमा जोखिम सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ ।”

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले उक्त खण्डको आजै निरीक्षण गर्नुभएको छन् । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिनुभयो ।

सडक भासिएर उक्त ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको छ भने अर्का व्यक्तिको सनाखत नभएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिनुभयो । गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३५ वर्षीय केशव घिमिरेको सनाखत भएको उहाँले बताउनुभयो । अर्का व्यक्तिको सनाखत गर्न प्रयास भइरहेको प्रहरीले जनाएको छ ।रासस