१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दिन मुग्लिन–आँबुखैरेनी सडकमा ठूला सवारी नचल्ने



अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा सडक भासिएपछि चार दिन ठूला सवारी साधन नचल्ने भएका छन् ।

सडक विभागले भित्तातर्फको भाग काटेपछि शुक्रबार बिहान ११ बजेदेखि एकतर्फीरुपमा साना सवारी चल्न थालेका छन् । सडक भासिएको स्थानमा ठाडो भिर रहेकाले कडा चट्टान भएको भित्तातर्फको भाग काट्न समय लाग्ने हुनाले अहिलेलाई ठूला सवारीलाई चल्न दिइएको छैन । विभागका अनुसार सो सडक भएर मालबाहक र यात्रुबाहक सवारी चार दिनसम्म आवतजावत गर्न पाउने छैनन् ।

सडक भासिएपछि सो स्थानमा दुर्घटनामा परेका दुई जनाको शव फेला परेको छ । सो स्थानमा शुक्रबार बिहान करिब ४ः३० बजे बा १० च ४६७९ नम्बर लेखिएको कारको हुटर मात्र फेला परेको छ भने कारको अवस्था र त्यसमा रहेका व्यक्तिको अवस्था अज्ञात छ ।

भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।