१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको फोहोर व्यवस्थापन हुने,ल्याण्डफिल क्षेत्रका जनप्रतिनिधिसंग सहमति (सहमतिपत्रसहित)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालीका र सिस्डोल- बन्चरेडाँडाका जनप्रतिनिधि बिच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ। राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय देखि वडा अध्यक्षहरूको उपस्थितमा १८  बुँदे  सहमति भएको छ ।

केही दिन अघि धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भए पनि सिस्डोल( बन्चरे डाँडाका स्थानीय जनप्रतिनिधिहरुले मानेका थिएनन् ।

सहमति अनुसार फोहोर ढुवानी रातिको समयमा गर्ने, आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, लगायतका १८  बुँदे सहमति भएको छ ।

सहमति पत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल सहित सिसडोल र बञ्चरे डाँडाको प्रभाबित क्षेत्रका जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् ।