• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

फेरि इन्धनको भाउ बढ्यो, पेट्रोलमा ८ रुपैयाँ डिजेल र मट्टितेलमा १२ रुपैयाँ बृद्धि



काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मुल्य बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा १२, मट्टितेलमा १२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।