• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आइसीसी विश्वकप क्रिकेट लिग–दुई : नेपाल र ओमान भिड्ने



काठमाडौंं । आइसीसी विश्वकप क्रिकेट लिग–दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ ।

अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउनका लागि पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब रहेको हो तर नेपाललाई सबै खेल जित्न त्यति सहज भने छैन ।

नेपालका पहिलो रोजाइका ओपनर आसिफ शेख र कुशल भुर्तेल चोटका कारण आजको खेलमा उपस्थित हुने छैनन् । उनीहरुको स्थानमा प्रशिक्षक पुबुदु दसानायाकेले ओपनर सुवास खकुरेल र सुनिल धमालालाई अमेरिका बोलाएका छन् । सुवास सन् २०२० र सुनिल सन् २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् ।

नेपालको तुलनामा ओमान बलियो टोली देखिन्छ । नेपाल र ओमनबीचको एकदिवसीय खेलमा हालसम्म चार खेल भएको छ । जसमध्ये नेपालले एक खेल जितेको छ भने बाँकी तीन खेल ओमानले जितेको छ ।

विश्वकप लिग दुईमा नेपालले यसअघि खेलको १२ खेलमा १२ अङ्क जोडेको छ । नेपालले छ खेलमा जित तथा छ खेलमा हार बेहोर्दै १२ अङ्क जोडेको हो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

यता ओमनले भने ४० अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । ओमानले ३३ खेलमा १९ मा जित, १२ मा हार तथा एक खेल खेलमा बराबरीको नतिजा ल्याएको छ । लिगमा रहेका सात टोलीमध्ये सबैभन्दा कम खेल खेलेको पनि नेपाल नै हो ।

त्यसैगरी स्कटल्याण्ड दोस्रो स्थानमा छ भने संयुक्त अरब इमिरेट्स ९युएई० तेस्रो स्थानमा छ । अमेरिका चौथो स्थानमा रहदा नामिबिया पाँचौँ स्थानमा छ । पपुवा न्यूगिनी भने सातौँ स्थानमा छ ।

उक्त सिरिजअन्तर्गत नेपालले दोस्रो खेल यही जेठ २८ गते घरेलु टोली अमेरिकासँग खेल्नेछ भने तेस्रो खेल जेठ ३१ गते ओमानसँग पुन खेल्नेछ । त्यसैगरी सिरिजको अन्तिम खेल असार १ गते नेपालले अमेरिकाससँग खेल्नेछ । रासस